२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक (पुर्णपाठसहित)

अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १ सय दिन पूरा गरेका छन् ।

शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका छन् । उनले सय दिनभित्र गरेका प्रमुख काममध्ये ‘प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित्र देखाउने गरी जारी गरिएको श्वेतपत्र’ लाई पहिलो र महत्त्वपूर्ण भनेका छन् ।

उनका अनुसार श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्यांक तथा मानव स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाका लागि कुलेखानी सिस्नेरी १ सय मेगावाट र हुलिङटार दुम्किम ४ सय ९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको, बीईएसएस अध्ययन तथा निर्माण सहयोगको पहल सुरु गरिएको तथा उत्तरगंगा तथा अपर अरुण लाइसेन्स प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए ।

त्यसैगरी ४३ एमभीए क्षमता बराबरको चार वटा ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको, विभिन्न १२ सामुदायिक संस्थाका करिब ७ हजार ३ सय १५ ग्राहकलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरिएको, करिब ९ सय थान मिटर गरिब तथा विपन्न परिवारलाई नि:शुल्क वितरण गरिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार काठमाडौँ उपत्यकाभित्र नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन उपत्यकाभित्रका विभिन्न १७ वटा स्वटिचिङ तथा सबस्टेसनमा जडान भएका फिडर सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै प्रसारण लाइन तथा सबस्टेसन निर्माणतर्फ १ सय ४ सर्किट किलोमिटर र ३ सय ६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किलोमिटर प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको शाक्यले बताए ।

‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गाप्राप्तिको समस्या समाधानका लागि मार्गाधिकार भित्र पर्ने जग्गा कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ,’ कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलनमा भने, ‘मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत् तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अगाडि बढाइएको छ ।’

त्यसबाहेक त्यस्ता जग्गाधनीहरूलाई विद्युत् प्राधिकरणका आयोजनाहरूमा प्राथमिकता साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको उनको भनाइ छ ।

उनका अनुसार गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति व्यवस्था मिलाउन निजगढ-पोखरिया ४०० केभी, बालाजु-महाराजगञ्ज-सिंहदरवार १३२ केभी, दूधकोशी पावरहाउसदेखि शितलपाटी-तिन्गला-दूधकोशी ४०० केभी प्रसारण लाइन निर्माण अनुमतिका लागि प्रक्रिया सुरु गरिएको छ ।

त्यसैगरी बंगलादेशसँग भएको विद्युत् निर्यात सम्झौता अवधिका लागि एलसी खोलेर १५ जुन २०२५ देखि नियमित ४० मेगावाट विद्युत् निर्यात गरिएको र भारतमा दैनिक औसत ६ सय २५ मेगावाट निर्यात भइरहेको पनि शाक्यले बताए ।

शाक्यले १ सय २ मेगावाट मध्यभोटेकोशी आयोजनाको मुख्य सुरुङ संरचनामा देखिएको प्राविधिक समस्या (पानी चुहिने) समाधान गरी ‘वेट टेस्ट’ प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए ।

त्यस्तै विभिन्न ६२.९७ मेगावाट क्षमताका ७ जलविद्युत् तथा सोलार आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको, ४ हजार ९ सय ६६ मेगावाट जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट प्रावधान अनुसार विद्युत् खरिद-बिक्री सम्झौता प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।