२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा श्रम गर्न जानेलाई गरिएको ठगीको नियमन गर्न सांसदको माग

अ+ अ-

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीमाथि म्यानपावर कम्पनीलगायतले ठगी गरिरहेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद रमा कोइराला पौडेलले मलेसियामा रहेका चार लाख नेपालीले दुःख पाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । 

उनले वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गरिन् । विदेशमा पनि केहीले मिटर ब्याजका नाममा श्रमिकको शोषण गरिरहेको आफूले मलेसिया भ्रमणका क्रममा पीडितहरूबाट जानकारी पाएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सूर्यबहादुर थापा क्षत्रीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा मुछिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन संरचना निर्माण भए पनि भइरहेका गतिविधिका बारेमा नियमित रूपमा संसदमा जानकारी गराउन माग गरे। सहकारी ठगी गरी विदेशमा गएकालाई पक्राउको प्रक्रिया सुरु गर्नुपर्ने र यससम्बन्धी विवरण गृहमन्त्रीले नियमित रूपमा संसद्मा जानकारी गराउनुपर्ने उनको माग छ ।

सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सुधार गर्न माग गरे। त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न पनि सांसद शाहीले सरकारको ध्यानाकर्षण गराए । केही दिनअघि संसदीय समितिबाट अवलोकन भ्रमणमा जाँदा विश्वविद्यालयको महिला छात्रावासलगायत स्थलमा समस्या देखिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद मेटमणि चौधरीले दाङको लमही बजारलाई व्यवस्थित गर्न माग गरे । सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशको सर्लाही प्रहरी प्रमुखले असार ९ गते पूर्व प्रदेशसभा सदस्यको घर परिवारलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिन् । उक्त घटनाबारे सत्य तथ्य छानबिन गर्न उनको माग छ ।