२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट भुक्तानीको चटारोमा लेखा अधिकृत अनुपस्थित, कारबाही गर्ने अध्यक्षको चेतावनी, अधिकृत भन्छन्- ‘उपचारमा छु’

अ+ अ-

काठमाडौँ । आर्थिक वर्षको अन्त्यसँगै बजेट कार्यान्वयनको चटारो चलिरहँदा मुगुको सोरु गाउँपालिकामा लेखा अधिकृत भागेको आरोप गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले लगाएका छन्।

अध्यक्ष शाहीले वरिष्ठ लेखा अधिकृत कुमारप्रसाद उपाध्याय आर्थिक कारोबार र भुक्तानीको चरम चापका बेला बिना अनुमति जिल्लाबाटै बेपत्ता भएको आरोप लगाउँदै तीन दिनभित्र पालिकामा उपस्थित नभए कार्यपालिकाको निर्णयमार्फत निलम्बन गरिने चेतावनी दिएका छन्।

उनले भने, “आर्थिक वर्षको अन्तिममा सम्पूर्ण कामकाज र भुक्तानीको जिम्मेवारी बोकेको लेखा अधिकृत गैर जिम्मेवार ढंगले ‘गमगढी जान्छु’ भन्दै जिल्लाबाटै कर्तव्य विमुख भई भाग्नुभएको हाम्रो जानकारीमा आएको छ।”

शाहीका अनुसार असार १४ गते औपचारिक स्वीकृति नलिई उपाध्यायले पालिकाबाट बाहिरिएको र यसले सबै काम प्रभावित भएको छ। “यदि तीन दिनभित्र पालिकामा फिर्ता भई नियमित काममा नलागे कार्यपालिकाबाट निलम्बन गरिन्छ,” अध्यक्ष शाहीले भने।

सोरु गाउँपालिका पछिल्ला केही महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा थियो। केही दिनअघि मात्रै सिंहराज डाँगी प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा आएका हुन्। उनी आएपछि मात्र पालिकाको बैंक खाता सञ्चालनमा आएको थियो। तर प्रमुख प्रशासकीय अधिकृत आएसँगै लेखा अधिकृत अनुपस्थित भएपछि पुनः सबै काम ठप्प भएको अध्यक्ष शाहीको भनाइ छ।

उनका अनुसार लेखा अधिकृतको अनुपस्थितिका कारण योजनाहरूको भुक्तानी, कर्मचारीको तलब भत्ता तथा अन्य आर्थिक कारोबार प्रभावित भएको छ।

यता, लेखा अधिकृत उपाध्यायले भने आफू पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण सुर्खेत झरेको स्पष्टीकरण दिएका छन्। उनले भने, “सुरुमा गमगढी जान आएको थिएँ, त्यहाँ उपचार गरेर फर्कने सोच थियो। तर शनिबार साँझ अवस्था गम्भीर भएपछि सुर्खेत झर्नुपर्ने भयो। मैले हाकिमलाई म्यासेज पठाएको थिएँ।”

उपाध्यायले सुर्खेतको राना अस्पतालमा उपचार भइरहेको जनाउँदै भने, “शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले जानकारी दिनुपर्ने बाध्यता थिएन। म भने मौखिक रूपमा सूचना गराएको थिएँ। अहिले पनि सन्चो त खासै छैन, तर भोली पालिकामा फर्किने तयारीमा छु।”

निलम्बनको चेतावनीबारे उनले प्रतिक्रिया दिँदै भने, “के मैले भ्रष्टाचार गरेको छु र निलम्बन गरिने? स्वास्थ्यसम्बन्धी मौलिक हक सबै नागरिकको हुन्छ। उपचार गर्नु मेरो अधिकार हो।”

प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने लेखा अधिकृत उपाध्याय हाल पालिकाको सम्पर्कमा आएको जानकारी दिए। “हामीले पत्र काटेपछि उहाँ सम्पर्कमा आउनुभएको छ,” उनले संक्षिप्त प्रतिक्रिया दिए।