२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरु

अ+ अ-

सिराहा । लहान नगरपालिका-१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरु गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो ।

रु. सोह्र लाख ४४ हजारको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुंकेले संयुक्त रूपमा गरे।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुंकेले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताए। “हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ,” उनले भने ।

वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताए। उनले लहानमा पहिलो पटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे ।

नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिका त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “महिला श्रमिकको हक, सुरक्षा र सशक्तीकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।”

कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणका लागि लहान नगरपालिका-१२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो ।