काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत काठमाडौँको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएका थिए ।
पक्राउ मध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको छ ।







