२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र चीनले गरेको विकासबाट लाभ लिनुपर्ने पूर्वराष्ट्रपति भण्डारीको जोड

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । साथै उनले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताइन् ।

जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भनिन् । 

पूर्वराष्ट्रपति भण्डारीले लामो राजनीतिक सङ्क्रमणपछि मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त सफलताको आधार जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन भएको बताइन् । मुलुकको सामाजिक-आर्थिक रूपान्तरणका लागि जबज आज पनि उत्तिकै सान्दर्भिक भएको उनको कथन थियो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपाली ‘मोडल’को समाजवाद भएको बताए। उनले पार्टी जीवनको लोकतान्त्रिक करण जबजको एउटा अभिन्न अंग हो भने। 

त्यस अवसरमा यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिएको  थियो । एक लाख राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् ।