२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमप्रसाद पाण्डेको दाबी-‘माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा कानुनी नभएर राजनीतिक’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको निष्कर्षमा पार्टी पुगेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध लगाइएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको उनले जानकारी दिए ।

नेता पाण्डेका अनुसार बैठकले पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलिमाथि छानबिन हुन आवश्यक रहेको पनि निष्कर्ष निकालेको बताए ।

‘अख्तियारले अध्यक्ष नेपालले आफूमाथि लागेको मुद्दा र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरूलाई जानकारी गराउनुभयो,’ उनले भने, ‘यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्‍यौँ । हामी यो कानुनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने निष्कर्षमा पुगेका छौँ ।’

पाण्डेले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको समेत बताए । ‘अख्तियारले नै २०६९ सालमा यो मुद्दालाई तामेलीमा राखेको छ । बरु के भनेको छ भने मन्त्रिपरिषद्ले जुन पतञ्जलिलाई जग्गा किनबेच दियो, त्यसको लागि पाँच वर्षको समय तोकेको रहेछ । त्यो विषयमा पतञ्जलिले कार्यान्वयन गरोस् भनेर मालपोत कार्यालय काभ्रेलाई जिम्मा दिएको रहेछ,’ उनले भने ।