२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

अ+ अ-

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।

कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका)द्वारा आज आयोजित ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उनले हाम्रो श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको छ जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिएका हुन् ।

“गन्तव्य मुलुकको आर्थिक विकासमा हाम्रा श्रमिक सहभागी छन्, उनीहरूको श्रमलाई सम्मान गर्नुपर्छ, वैदेशिक रोजगारमा १६ वर्षमा हाम्रा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । श्रम गर्न गएको हो, ज्यान गुमाउन हैन, वैदेशिक रोजगारमा जानेहरूको उपयुक्त तरिकाले स्वास्थ्य परीक्षण हुन सकेको छैन, यसलाई पनि ध्यान दिनुपर्छ”, उनले भने ।

उनले कोरियाको १९६० को अनुभवलाई अंगीकार गरेर अगाडि बढ्नुपर्छ भनेर जेनेभाको बैठकमा पनि भनेको छु भन्दै कोरियाली अनुभव सिकेर अनुकरणीय कार्य गर्नुपर्ने बताए ।

उनले श्रमसम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए।

“सूचनाको अभावले धेरै मानिस प्रभावित भएका छन्, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रम संसार सञ्चालनमा ल्याएका छौँ, श्रमसम्बन्धी सम्पूर्ण कुराहरू राखेका छौँ, मानिसको औँलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगारभन्दा बढी नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्छौँ, हाम्रो मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार बोर्डलगायत संरचना छ, अहिले मन्त्रालयमा हामीले अहिले आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ”, उनले भने ।

उनले नेपालीले कोरियालाई आकर्षक गन्तव्यका रूपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे ।

‘हामी एप’ नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण हो र यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत पुर्‍याउँछ । सरकार सुरक्षित आप्रवासन र सफल पुन:एकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ”, उनले भने ।

नेपालका लागि कोरियाका राजदूत पार्क तेइ-यङले यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५१औँ वार्षिकोत्सव हो भन्दै यो संयुक्त कार्यक्रम दुई देशबीच जनस्तरको सम्बन्धमा सहकार्यको प्रतीक भएको बताए ।

“माइग्रेन्ट श्रमिकको सम्पूर्ण यात्रामा साथ दिने ‘हामी’ एप कोरिया र नेपालको साझेदारीको प्रतीक हो । हामी श्रम आप्रवासनका क्षेत्रमा निरन्तर सहकार्य र साझेदारीको अपेक्षा गर्छौँ”, राजदूत पार्क तेइ-यङले भने ।

‘हामी एप’ को परियोजना कोइकाद्वारा सन् २०२२ मा सुरु गरिएको ‘नेपालमा फर्किएका श्रमिकको स्थिर पुन:एकीकरणका लागि चरणगत समर्थन प्रणाली सुदृढीकरण’ परियोजनाको हिस्सा भएको बताइएको छ ।

‘हामी एप’बाट कोरियाको रोजगार अनुमति प्रणाली मार्फत कोरिया जाने नेपाली श्रमिकले पूर्व–प्रवास चरणमा दृष्टिकोण निर्माण, वित्तीय साक्षरता र जीवन सुरक्षासम्बन्धी तालिमका विषयमा, प्रवास चरणमा आवश्यक जानकारी र स्रोतमा पहुँच, साथै सप्ताहन्तमा आधारित सीप तथा उद्यमशीलता तालिम र प्रवासपश्चात्का चरणमा पुन:एकीकरणसम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसाय सुरु गर्न बीउ पुँजी सहयोगका विषयमा जानकारी तथा लाभ उठाउन सक्ने जानकारी गराइएको छ । यो एप श्रमिकको अधिकार सुदृढीकरणका लागि दिगो मोडेलका रूपमा स्थापित हुने जनाइएको छ ।