काठमाडौँ । वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा लगातार वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरोका कारण केही प्रमुख राजमार्ग प्रभावित भएका छन् ।
नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको सूचना अनुसार ८ राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् भने तीन वटा सडक पूर्णरुपमा अवरुद्ध छ ।
कालिगण्डकी करिडोर, जाजरकोट(डोल्पा(भेरी करिडोर र भेरी करिडोर पूर्णरुपमा अवरुद्ध छ ।
रवी राके भेडेटार सडक, महेन्द्र राजमार्ग, कालिगण्डकी करिडोर, कोसी राजमार्गलागायत विभिन्न स्थानहरूमा एकतर्फी सञ्चालन आएको छ ।
हेर्नुहोस् नेपाल प्रहरीले जारी गरेको सूचना








