२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत

अ+ अ-

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रहरूमा सफल सैन्य कारबाही गरेको दाबी गरेपछि तेहरानको नेतृत्वमा सत्ता परिवर्तनको सम्भावनाबारे संकेत गरेका छन्। उनले वर्तमान इरानी सरकारले देशलाई “पुनः महान” बनाउन नसके सत्ता परिवर्तन आवश्यक हुने बताए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखे, “सत्ता परिवर्तन शब्द राजनीतिक रूपमा संवेदनशील भए पनि, यदि वर्तमान सरकार इरानलाई फेरि महान बनाउन असफल छ भने, परिवर्तन किन नहोस्?”

तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानका परमाणु केन्द्रहरूमा भएको आक्रमणको उद्देश्य सत्ता परिवर्तन नभएको प्रष्ट पारे। उनले भने, “यो कारबाही सत्ता परिवर्तनका लागि थिएन, र अहिले पनि त्यस्तो कुनै लक्ष्य छैन।”

यस्तै, उपराष्ट्रपति जेडी वेन्सले एबीसी न्यूजसँगको कुराकानीमा भने, “हाम्रो लक्ष्य सत्ता परिवर्तन होइन, बरु इरानको परमाणु कार्यक्रमलाई रोक्नु हो।” अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र इस्फाहानस्थित परमाणु केन्द्रहरूमा बम आक्रमण गरेको थियो।