काठमाडौँ । नेपालका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदै छ ।
आज दिउँसो ४:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बैठक बस्न लागेको हो ।
संसद्लाई सुचारु गर्ने विषयमा सहमति जुटाउन यो छलफल केन्द्रित रहेको बताइएको छ ।