काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भएको छ ।
सोमबारको भेटमा समसामयिक राजनीतिसँगै वामपन्थीहरू बीचको एकता विषयमा छलफल भएको छ ।
वामपन्थीहरू क्रान्तिकारी धारमा अघि बढ्नुपर्ने बेला दक्षिणपन्थी भड्काउमा लागेको भन्दै दुई जनाले चिन्ता जनाएको र कम्युनिस्टहरूलाई सही दिशातिर फर्काउने विषयमा छलफल भएको बताइएको छ ।