काठमाडौँ । गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ । गृह मन्त्रालयमा केही बेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो ।
सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ।