काठमाडौँ । संघीय संसद्अन्तर्गत सोमवार चार वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ ।
यसै गरी, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बोलाइएको छ । बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ ।