काठमाडौँ । काठमाडौँमा अब तीन स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिइएको छ।
जिल्ला सुरक्षा समितिको आजको बैठकले प्रदर्शनका लागि निश्चित स्थान तोकेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीसम्मको क्षेत्र र बल्खु क्षेत्रमा मात्र प्रदर्शन गर्न पाइनेछ।
काठमाडौँको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, अनशन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा र यातायात सञ्चालनमा कठिनाइ भएको गुनासोलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।