२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेका छौँ’-मुख्यमन्त्री सिंह

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो नेतृत्वको सरकारले मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको आज आयोजना गरेको एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण) शिलान्यास कार्यक्रममा उनले संघीयताको रक्षा गर्न मधेश सबैभन्दा अगाडि रहेको दाबी गर्दै यहाँका जनता सदैव संघीयताको पक्षमा रहेको स्पष्ट गरे ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको सीमित साधन स्रोत तथा बजेटका बाबजुद रु. १२ अर्ब ७० करोडको लागतमा मधेशका ६४ वटा सडक निर्माण सुरु भएको र यसलाई तोकिएकै समयमा सम्पन्न गरिने बताए । उनले प्रदेशको समग्र विकास तथा बेथिति नियन्त्रणमा आफूहरू क्रियाशील रहेको उल्लेख गरे ।

“हामीले कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । आफूले गिट्टी, बालुवाको तस्करी नियन्त्रण र अनुगमन तथा प्रदेशमा कानुन विपरीत सञ्चालित नर्सिङ होम, औषधि पसल तथा निजी अस्पतालको अनुगमन गरी कारबाही गरिरहेका छौँ”, मुख्यमन्त्री सिंहले भने ।

त्यस अवसरमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री  मोहम्मद लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदा बेटी बचाउ, बेटी पढाउ तथा छोरी बिमा कार्यक्रम सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । विगतका प्रदेश सरकारले सुशासन तथा पारदर्शिताका साथै विकास निर्माणका सम्बन्धमा तयार गरेको योजनामा हालको सरकारले कुनै भेदभाव नराखी निरन्तरता दिनुपर्ने उनले आग्रह गरे ।

कार्यक्रम मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस