अबुजा । इजेरियाको उत्तर क्षेत्रमा सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेका यात्रुहरू हालै सम्पन्न भएको (नाइजेरिया राष्ट्रिय खेल महोत्सव) बाट फर्किरहेका खेलाडीहरू थिए ।
संघीय सडक सुरक्षाका प्रवक्ता ओलुसेगुन ओगुङबेमाइडले शनिबार अबेर वक्तव्य जारी गर्दै जानकारी दिएका अनुसार, कानो राज्यको टोली बोकेको बस शनिबार दिउँसो कडुना–कानो एक्सप्रेसवेमा दुर्घटनामा परेको हो ।
तीव्र गतिमा यात्रा गरिरहेको बस अनियन्त्रित भई सडकबाट बाहिर गई झाडीमा ठोक्किएको थियो । ट्राफिक प्रहरीले (थकान र अत्यधिक गति) लाई दुर्घटनाको कारण बताएका छन् ।
सडक सुरक्षाले चालकहरूलाई थकान र गति नियन्त्रण गर्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साथै, ट्राफिक नियमको पालना र सतर्कता आवश्यक रहेकोमा जोड दिइएको छ । नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले यो दुर्घटना राष्ट्रका लागि एक विनाशकारी क्षण भएको बताए ।
नाइजेरियामा प्राय: सवारी दुर्घटनाहरू देखिन्छन्, जसको प्रमुख कारणमा ओभरलोडिंग, खराब सडक अवस्था र लापरबाहीपूर्ण ड्राइभिङ रहेका छन् ।