१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै

अ+ अ-

तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ ।

अस्पतालमा सर्प दंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा. बरालले बताए । उनले भने, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।”

उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्राविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए ।

अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा. बरालले बताए । बि.सं. २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई बि.सं. २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल बि.सं. २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब, डिजिटल एक्सरे, नि:शुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा कर्मचारी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस