१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बच्चा कोरल्दै आगन्तुक चरा

अ+ अ-

चितवन । गर्मी छल्न र प्रजननका लागि आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।

‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारी वास्तविक तथ्यांक नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउँछन् । ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उनको भनाइ छ । बच्चा उड्न सक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन् । 

विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्यांक छ । त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँ सराइ गर्ने विँडारी बताउँछन् । उनका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौसममा रसियाको साइबेरिया र मंगोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उनले जानकारी दिए । 

गर्मीमा यहाँ आउने चरा भारत, श्रीलंका, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन् । यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन् । विँडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाति धेरै हुने गर्दछन् । 

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउँछन् । रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरू देख्न सकिने उनको भनाइ छ । फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उनले जानकारी दिए । नेपालमा ९०० प्रजातिका चरा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस