१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री देउवाद्वारा हङकङ महावाणिज्यदूतावास भ्रमण: आर्थिक कूटनीतिलाई जोड

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हङकङस्थित नेपाली महावाणिज्यदूतावासको भ्रमण गरेकी छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थता सम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन स्थापनाको महासन्धि हस्ताक्षर समारोहमा पर्यवेक्षकका रूपमा सहभागी हुन हङकङ पुगेकी मन्त्री देउवाले महावाणिज्यदूतावासको निरीक्षण गरेकी हुन् ।

भ्रमणका क्रममा उनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र नेपाली समुदायको कल्याणका लागि महावाणिज्यदूतावासलाई सक्रिय भूमिका खेल्न निर्देशन दिएको महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

मन्त्री डा. देउवाले हङकङबाट धार्मिक र साहसिक पर्यटनका लागि पर्यटक भित्र्याउन, नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि गर्न र हङकङ तथा मकाउमा रहेका नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रभावकारी बनाउन जोड दिइएको डा. लेखकको भनाई छ ।

महावाणिज्यदूत डा. लेखकका अनुसार मन्त्री देउवाले हङकङका चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका अवसर पहिचान गर्न र त्यहाँका नेपाली युवालाई प्राविधिक विशेषज्ञता र पूँजी लगानीका लागि प्रोत्साहन गर्न निर्देशन दिइन् । साथै, हङकङ सरकार र सामुदायिक सङ्गठनहरूसँग सहकार्य गरी नेपाली समुदायको शैक्षिक, सामाजिक कल्याण र रोजगारीका अवसर वृद्धि गर्न पनि उनले सुझाएकी छन् ।

महावाणिज्यदूत डा. लेखकले मन्त्रीको भ्रमणले महावाणिज्यदूतावासलाई आर्थिक कूटनीति, पर्यटन र नेपाली समुदायको कल्याणका लागि थप प्रेरणा मिलेको बताए । उनले भने, “यो भ्रमणले हामीलाई नेपाल र हङकङबीचको सम्बन्ध सुदृढ गर्न नयाँ उत्साह प्रदान गरेको छ ।”

यो भ्रमणले नेपाल र हङकङबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस