१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका सहसचिव तथा गीतकार भूसालका सन्देशमूलक दुई गीत सार्वजनिक

अ+ अ-

काठमाडौं । नेपाल सरकारका सहसचिव तथा गीतकार डा. भीष्मकुमार भूसालका सन्देशमूलक दुई नयाँ गीत सार्वजनिक भएका छन्। उनको जन्मदिन तथा गणतन्त्र दिवसको अवसर पारेर जागरण गीतको पाँचौं शृङ्खला “स्वर्ग यहीं लुकेको छ” र ज्येष्ठ नागरिकको भावनालाई समेटिएको छैठौं प्रस्तुति “थरिथरि पात झरे” यही जेठ १५ गते सार्वजनिक गरिएको हो।

डा. भूसालका यसअघिका गीतहरू “वाचा”, “यो प्रण”, “अब उठ जाग”, “उड्ने चरी” ले श्रोताहरूमा सकारात्मक सन्देश र प्रेरणा फैलाएका थिए। उनका सिर्जनाहरू सधैं सन्देशमूलक र जीवनको गहिराइलाई छुने खालका हुन्छन्।

“स्वर्ग यहीं लुकेको छ” बोलको जागरण गीतमा गैरे सुरेशको सङ्गीत रहेको छ भने स्वरूप राज आचार्य, रूपा गुरुङ, अन्जली राई र रमिला मगरले स्वर दिएका छन्। यो गीतले नेपाललाई स्वर्गजस्तै सुन्दर बनाउने जिम्मेवारी प्रत्येक नेपालीको काँधमा रहेको सन्देश दिँदै राष्ट्र निर्माणमा सबैलाई एकजुट हुन प्रेरित गर्छ। गीतले नेपाल बनाउने देवदूत अरू कोही नभएर हामी नै हौं भन्ने भावनालाई जोड दिएको छ।

यस्तै, “थरिथरि पात झरे” बोलको गीतमा रामकृष्ण ढकालको स्वर, उत्तम पौडेलको सङ्गीत र बिबि अनुरागीको एरेन्ज रहेको छ। यो गीतले वृद्धावस्थाको मनोदशालाई मार्मिक रूपमा प्रस्तुत गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान र साथको आवश्यकता रहेको गहन सन्देश प्रवाह गर्छ। गीतले सबैलाई आफू पनि एक दिन बूढो हुने यथार्थलाई मनन गरी ज्येष्ठ नागरिकप्रति संवेदनशील हुन आग्रह गरेको छ।

डा. भूसालका यी दुवै गीतले समाजमा सकारात्मक सन्देश फैलाउने र विभिन्न पुस्तालाई जोड्ने प्रयास गरेको छ। यी गीतहरूले श्रोताहरूलाई प्रेरणा दिनुका साथै नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थपेको छ।

प्रतिक्रिया दिनुहोस