१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

अ+ अ-

काठमाडौँ । रौतहट बम विस्फोट र हत्या अभियोगमा पूर्व मन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशविरुद्ध छानबिन र कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ।

युवराज पौडेलले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका हुन्। उजुरीमा न्यायाधीशद्वयले जिल्ला अदालतको फैसला र प्रमाणलाई बेवास्ता गरी आलमलाई सफाइ दिएको आरोप लगाइएको छ। साथै, उनीहरूलाई तत्काल निलम्बन गरी छानबिन गर्न र विगतका फैसलाहरूको समेत समीक्षा गर्न माग गरिएको छ।

रौतहट जिल्ला अदालतले २०७६ मा आलमलाई बम विस्फोट र घाइतेहरूलाई इँटा भट्टामा जिउँदै जलाएको अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालतले गत जेठ १४ गते उक्त फैसला उल्टाउँदै आलमसहितलाई सफाइ दिएको थियो। उजुरीमा यो फैसलाले पीडितको न्यायमा अवरोध पुगेको र साक्षीहरूको सुरक्षामा समेत खतरा उत्पन्न भएको उल्लेख छ।

युवराज पौडेलले न्याय परिषदमा दिएको उजुरीमा भनिएको छ, “न्यायाधीश थारु र महर्जनले जिल्ला अदालतको ऐतिहासिक फैसला र मिसिलका प्रमाणलाई बेवास्ता गरी आलमलाई सफाइ दिए। यसले पीडितको न्यायको बाटो बन्द भएको छ।” उजुरीमा दुवै अदालतका मिसिल झिकाएर विस्तृत अध्ययन गर्न, न्यायाधीश द्वयको कार्यक्षमतामाथि छानबिन गर्न र उनीहरूलाई निलम्बन गरी कारबाही गर्न माग गरिएको छ।

न्याय परिषद् ऐनअनुसार खराब आचरण, कार्यक्षमताको अभाव वा आचारसंहिता उल्लङ्घनको आरोपमा न्यायाधीशमाथि छानबिन हुन सक्छ। पौडेलले न्यायाधीश द्वयको फैसलाले न्याय सम्पादनमा गम्भीर प्रश्न उठेको दाबी गरेका छन्।

फैसलापछि सामाजिक सञ्जाल र जनमानसमा न्यायाधीश द्वयको कार्यशैलीमाथि प्रश्न उठिरहेको छ।

प्रतिक्रिया दिनुहोस