काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ ।
कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।