काठमाडौँ । नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई नि:शुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई नि:शुल्क प्रवेशाज्ञा सहजीकरण गरिने उल्लेख भए पनि भिसा नि:शुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।
विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।