१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको नाममा उद्योग दर्ता र नवीकरणमा शुल्क नलाग्ने, उद्यमशीलता प्रवर्द्धनमा जोड

अ+ अ-

काठमाडौँ । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए।

“महिला लक्षित उद्यमशीलता प्रवर्द्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरू वृद्धि गरिनेछ। महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ,” अर्थमन्त्री पौडेलले बजेट भाषणमा भने।

यसैगरी, गृहिणी महिलाहरूको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिएको उनले बताए।

महिलालाई रोजगारीसँग जोड्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकारले निःशुल्क उद्योग र कम्पनी दर्ता तथा नवीकरणको नीति ल्याएको हो। यसअघि पनि सरकारले औद्योगिक ग्रामजस्ता निश्चित क्षेत्रमा महिलाको नाममा उद्योग दर्ता गर्दा छुट प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस