काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उनले भने, “गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरूपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।”
उनले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराए। सांसल पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरू सहमत भएको बताए ।