काठमाडौँ । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

