१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सगरमाथा विश्वको गौरव’:मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथालाई विश्वको गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि चेतना जगाउन र विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सबैले सक्रियता देखाउनुपर्ने बताए ।

मन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो । यसले विश्वको ध्यान खिचेको छ । सगरमाथा संवादमार्फत हामीले जलवायु परिवर्तनले नेपाल र विश्वलाई पारेको असरबारे जानकारी गराएका छौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् क्षेत्र मात्र होइन, समग्र पृथ्वी नै प्रभावित हुन्छ । यो नेपालको मात्र नभई विश्वको साझा समस्या हो ।”

सगरमाथा दिवसमा ठमेलमा प्रभातफेरी आयोजना गरियो, जसमा मन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पर्यटन व्यवसायी, सरकारी कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारण सहभागी थिए ।

यसअघि, नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सालिकमा माल्यार्पण गरिएको थियो । सन् १९५३ मे २९ मा तेञ्जिङ र हिलारीले पहिलोपटक सगरमाथा चढेको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस