१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालतद्वारा काँग्रेस पूर्व सांसद अफताब आलमलाई सफाइ

अ+ अ-

काठमाडौँ । उच्च अदालत वीरगञ्जले रौतहट बम विस्फोट काण्डमा दोषी ठहर भएका काँग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई सफाइ दिएको छ। जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै आलमलाई आरोपमुक्त गरेको हो।

२०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइतेहरूलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग आलममाथि थियो। घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका घाइतेहरूलाई आलमले आफ्ना सहयोगीहरूसँग मिलेर हत्या गरेको आरोप थियो। प्रत्यक्षदर्शीका अनुसार, बम बनाउने क्रममा विस्फोट भएपछि घटना लुकाउन घाइतेहरूलाई इँटा भट्टामा जलाएको बयान दिएका थिए।

सर्वोच्च अदालतको आदेशपछि २०७६ असोज १९ मा आलम पक्राउ परेका थिए। प्रहरीले घटनास्थलमा विस्फोट नभएको भनी मुचुल्का बनाएको र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएको थियो। तर, मानव अधिकार आयोग र अन्य निकायका प्रतिवेदनले हत्या पुष्टि भएको दाबी गरेको थियो।

राजपुर बम विस्फोट काण्ड के हो ?
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। विस्फोटमा घाइते भएकाहरूलाई घटना लुकाउन जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप छ। प्रत्यक्षदर्शीले घाइतेहरूले बचाउन आग्रह गर्दा पनि जलाएको बयान दिएका थिए।

घटनापछि प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेका थिए। २०६५ असार ३० मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मृत्युको पुष्टि नभएको भन्दै मुद्दा नचल्ने निर्णय गरे। साथै, बम काण्डमा मृतक ओशी अख्तरकी आमा रुक्सनाको २०६७ माघ ८ मा गोली हानी हत्या भएको थियो, जसको अनुसन्धान अझै भएको छैन।

सर्वोच्चको आदेश र मुद्दाको प्रक्रिया:
पीडितहरूले सर्वोच्च अदालतमा निवेदन दिएपछि न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले मुद्दा चलाउन आदेश दिएको थियो। २०७६ असोज १९ मा आलम पक्राउ परे र कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी तीन मुद्दा दायर भए। जिल्ला अदालतले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस