१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैको विरोध नभई खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सव : महासचिव पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्सवको तयारीका सम्बन्ध’मा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र दिवसका अवसरमा हुने बजेट प्रस्तुतिले विशेष प्राथमिकता पाउँदा गणतन्त्र दिवसजस्तो ऐतिहासिक पर्वतर्फ ध्यान पुग्न नसकेको महसुस गरी एमालेले भव्यताका साथ दिवस मनाउने निर्णय गरेको स्पष्ट गरे ।

महासचिव पोखरेलले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरी हरेक वर्ष जेठ १५ गतेको सट्टा अर्को कुनै दिन बजेट प्रस्तुत गर्न उपयुक्त हुने धारणा व्यक्त गरे । उनले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सव, खुशी र गौरवका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विभिन्न बाजागाजा, झाँकीसहित हर्षोल्लास र रचनात्मक कार्यक्रम आयोजना गरी यस वर्ष गणतन्त्र दिवस मनाइने उल्लेख गरे। 

उनले ऐतिहासिक संविधानसभाको निर्णयसहितको फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र संविधानको विपक्ष र लोकतन्त्रको विरोधमा देखिनु आपत्ति एवं खेदजनक विषय भएको टिप्पणी गर्दै यस किसिमका संविधानविरोधी गतिविधिमा सरिक नभई सम्मानित नागरिकका रूपमा रहन सुझाव दिए।

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्था विरोधी तत्त्वहरू सल्बलाइरहेको विद्यमान अवस्थामा गणतन्त्र स्थापनाका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीका हैसियतले विभिन्न कार्यक्रमसहित उत्सवमय वातावरणमा मनाउन लागिएको गणतन्त्र दिवसमा सहभागी हुन सबै राजनीतिक पार्टी, पेसा–व्यवसायी, नागरिक समाजसहित आमजनतासँग अनुरोध गरे।

एमाले महासचिव पोखरेलले देशमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने काम सम्पन्न भइसकेकाले विकास र समृद्धिको दिशातर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । एमाले सचिवालय बैठकले पार्टी नेताहरूको कार्यविभाजनसहित आमजनताको सहभागितामा भव्य एवं उल्लासमय वातावरणमा भोलि गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस