काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
यसअघि प्रतिनिधि सभाको बैठक आज अपराह्न ३:३० बजेसम्मका लागि स्थगित भएको थियो। दिउँसो १:१० मिनेटमा आधा घण्टाका लागि भन्दै स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि सूचना टाँसेर पुनः ३:३० बजेका लागि सारिएको थियो।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा आवाज उठाएपछि मंगलबारदेखि बैठक बस्न सकेको छैन।