दार्चुला । दार्चुलामा माथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। नौगाड गाउँपालिका-६ धुलिगडाबाट बिहान बझाङतर्फ पैदल यात्रा गरिरहेका ७० वर्षीय कालु जोशी ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले बताए ।
उनका अनुसार बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेको हो । ढुंगाले लागेर नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।