काठमाडौँ। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले निर्वाचित भएका हुन् ।
कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।
पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।