१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह

अ+ अ-

पाटन (ललितपुर) । ललितपुरको बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज ललितपुरको बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका छवटा स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने तेस्रो स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाङ्काल गाउँपालिकाले २०८२ वैशाख ३१ गते र काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराए।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप अभियानमा स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान अतुलनीय भएको बताए। “सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गरेका छन्, यसमा धन्यवाद भन्न चाहन्छु,” उनले भने । उनले बालमैत्री स्थानीय तह, बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न ध्यान दिन पनि गाउँपालिकालाई आग्रह गरे । 

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्ण खोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम राख्नका लागि क्रियाशील भएर लाग्न स्वास्थ्यकर्मी एवं स्वयंसेविकालाई अनुरोध गरे ।  “तपाईँहरूको सहयोगको उच्च मूल्याङ्कन हुन्छ, प्रोत्साहनस्वरूप केही सहयोग उपलब्ध गराउँदै आएका छौँ, भविष्यमा पनि यहाँहरूको योगदानको मूल्याङ्कन गर्नेछौँ”, लोप्चनले भने । 

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले बताए । “राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाहरूले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरू विरुद्धका खोपहरू प्राप्त गरेको र गर्भवती महिलाहरू टिडी, धनुष्टङ्कार र भ्यागुते रोग विरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ । जुन आज बागमती गाउँपालिकाले सम्पन्न गरेको छ,” डाक्टर पौडेलले भने । 

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले तीन वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरूले घरघरमा पुगेर सबै बालबालिकालाई खोप लगाउनका लागि गरेको प्रयासस्वरूप आजको अवस्थासम्म आइपुगेको बताए। उनले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्येको यो लक्ष्य हासिल हुँदा स्वस्थ समाज निर्माण र स्वास्थ्य जनशक्ति निर्माणमा योगदान पुर्‍याएको धारणा राखे । 

ललितपुर जिल्ला खोप अधिकृत राजाराम कार्कीले प्रत्येक स्थानीय तहले खोप सुनिश्चित गर्नु अनिवार्य रहेको बताउँदै खोप सुनिश्चितता स्थानीय तह घोषणा गर्ने जिल्लाकै तेस्रो स्थानीय तह हुन सफल भएकामा बधाई दिए। स्थानीय तहबाट गएको प्रतिवेदन र जिल्ला तहबाट भएको अनुगमनका आधारमा बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने निर्णय भएको उनले बताए । 

बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले विगत तीन वर्षदेखि बालबालिकाहरूमा खोप सुनिश्चित भए/नभएको अनुगमन गरेर खोप लगाउन छुटेका बालबालिकालाई खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको जानकारी गराए ।  

राष्ट्रियस्तरमा २०३४ सालमा सुरु भएको खोप अभियानमा देशभर १६ भन्दा बढी खोप केन्द्रहरू रहेको र बागमती गाउँपालिकाभित्र मात्रै १९ वटा खोप केन्द्रहरू रहेको उनले जानकारी गराए। यी खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले जानकारी गराए ।

स्थानीय तह, जिल्ला र प्रदेश हुँदै देशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस