काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको विभिन्न पदहरूमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आइतबार एक सूचना जारी गरी स्वास्थ्य सेवाको विभिन्न पदहरूमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२६-०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, नवौँ तह, कन्सल्टेन्ट सर्जन पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सिफारिस भएका उम्मेदवारको नाम

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२५-०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, पल्मोनोलोजी उपसमूह, नवौँ तह, कन्सल्टेन्ट पल्मोनोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सिफारिस भएका उम्मेदवारको नाम

यसै गरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१६-०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, नेफ्रोलोजी उपसमूह, नवौँ तह, कन्सल्टेन्ट नेफ्रोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सिफारिस भएका उम्मेदवारको नाम
