काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
