काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।