१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवसताक्षीमा आयुर्वेदका उपचार नि:शुल्क

अ+ अ-

झापा । आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा नि:शुल्क गरेको छ ।  

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताए। नगरपालिकाले उपचार नि:शुल्क गराउन शिवसताक्षी-११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।

जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयवासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउछन् ।

“पहिले पहिले मानिसहरू त्यति धेरै आउँदैन थिए,” उनी भन्छन्–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरू आयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरू आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताए । 

चालू आर्थिक वर्ष २०८१/८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । बहिरङ्ग विभाग (ओपिडी)मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उनले जानकारी दिए ।

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउछन् । सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्‍याएको उपचार सेवा प्रशंसनीय रहेको उनको भनाइ छ । 

पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिला आफ्नो र शिशुको लाभका लागि आयुर्वेद पद्धतिमा आधारित दुग्ध वर्द्धक औषधिप्रति आकर्षित भइरहेका छन् । विगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।

सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका बिरामीले आयुर्वेद औषधालय धाएर नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउछन् । 

यहाँको आयुर्वेदालयले नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रूपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।

नगर आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यक पर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपञ्चर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्यावलगायतका नयाँ प्रविधियुक्त सेवा भित्र्याउन आवश्यक रहेको स्थानीयवासी सरोज भट्टराई बताउछन्।

प्रतिक्रिया दिनुहोस