१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त कमैयालाई नि:शुल्क कृषि सामग्री वितरण

अ+ अ-

नेपालगञ्ज । कृषि ज्ञान केन्द्र बाँकेले मुक्त कमैयालाई नि:शुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको छ । 

लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्त कमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो । 

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले सो कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै एउटा परिवारका लागि रु १२ हजार बराबरको कृषि उपकरणसहित बीउबीजन वितरण भएको बताए । 

प्रदेश सरकरको उद्देश्य पनि सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन सहयोग गर्ने भएको उल्लेख गर्दै उनले कृषि उपकरण र बीउबीजन नि:शुल्क वितरण गरिएको बताए । 

“हामीले कृषि प्राविधिक भेटघाट कार्यक्रममा सरकारी सेवामा पहुँच नभएका व्यक्तिसँग छलफल गरेर उनीहरूको मागअनुसार कृषि उपकरण र बीउबीजन वितरण गरिएको हो”, प्रमुख घिमिरेले भने । उनले जिल्लाका विभिन्न स्थानमा स्थलगत रूपमा कृषि प्राविधिक भेटघाटले किसान उत्साहित भएको जानकारी दिँदै गाउँगाउँमा जाँदा सरकारको पहुँच नपुगेको क्षेत्र छनोट गरेर विपन्न समुदायलाई कृषि सामग्री र बीउबिजन वितरण गरिएको बताए । 

यस वर्ष ५० घर विपन्न परिवार यस कार्यक्रमबाट लाभान्वित हुने छन् । यसअघि ज्ञान केन्द्रले डुडुवा गाउँपालिका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विपन्न किसानलाई पनि वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस