काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपसचिवको सरुवा गरेको छ ।
प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार मन्त्रालयले कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकवर प्रधान र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई सरुवा गरेको हो ।
सरुवा गरिएका तीनै जनालाई मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) मा राखिएको छ ।