काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । तोलामा एक हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार भने सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी मूल्य पनि बढेको छ । ३५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधवार १ हजार ९ सय ९० रुपैयाँ कायम भएको थियो ।