७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद् प्रतिकार्यको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

अ+ अ-

कुरिनटार (चितवन) । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित छैटौँ समूहको गोताखोर तालिमको आज समापन गर्दै उनले तालिमका क्रममा सिकेका सीपको प्रयोग गरी अप्ठ्यारामा परेको नागरिकको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिए । 

गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणमा लाग्न जरुरी रहेको बताए । जोखिम न्यूनीकरणका लागि स्थानीय तथा प्रदेश सरकारलाई सक्षम बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनले जोखिममा परेका नागरिकको जीउधनको सुरक्षा, राहत तथा पुन:निर्माणमासमेत सबै सुरक्षा निकाय तथा स्थानीय तहले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरी कर्मचारीले तालिममा हासिल गरेका ज्ञान, कला र सीपलाई कार्यक्षेत्रमा खटिँदा सदुपयोग गर्दै आपत्विपद्मा परेका नागरिकको उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी दिएको योगदान प्रशंसनीय रहेको बताए । उनले सशस्त्र प्रहरी कर्मचारीले गरेका हरेक क्रियाकलापले आमनागरिकमा भरोसा पैदा गरेको जनाउँदै उनले आम नागरिकले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको बताए । 

गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल विभिन्न प्रकृतिका विपद् जोखिममा रहेको हुँदा यसखालका तालिमबाट दक्ष जनशक्ति उत्पादनका साथै विपद्मा फसेका नागरिकको उद्धार र राहत कार्यमा सहजता पुगेको बताए । गोताखोर तालिम प्राप्त गरेका जनशक्तिले आफ्नो जीउको बाजी राखेर पीडित नागरिकको उद्धारमा लागेको उल्लेख गर्दै उहाँले विपद् उद्धार कार्यका लागि चाहिने साधन स्रोत र जनशक्तिमा कमीकमजोरी नआओस् भन्नेतर्फ मन्त्रालय प्रयासरत रहेको जानकारी दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनले आपत्विपतमा परेका नागरिकको उद्धार राहत तथा सेवा सुरक्षालाई सधैँ प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले विपद् व्यवस्थापनलाई ध्यान दिएर सम्पूर्ण इकाइमा आधारभूत उद्धार सामग्री र प्रदेशस्तरमा विशिष्टीकृत आधुनिक उपकरणसहित दक्ष र व्यावसायिक जनशक्ति तैनाथ गर्ने योजना रहेको बताए । 

प्रतिक्रिया दिनुहोस