७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ : ऊर्जा मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्ताबेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताएका छन्  ।

राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित ‘राष्ट्रिय मौसम फोरम–२०८२’ को उद्घाटन उनले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप जटिल बन्दै गएकाले अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताए ।

“पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ, केवल नीति निर्माण मात्र होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ,” उनले भने। मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्ने बताए ।

हिमाल आरोहणमा गएका पर्यटक समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उनले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना सम्प्रेषणमा लाग्नुपर्ने उल्लेख गरे । 

विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्‍याउनु जरुरी रहेको उनको भनाइ थियो । उनले जल तथा मौसम विज्ञान विभागलाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गरे।

विभागका महानिर्देशक कमलराम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने बताए। कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस