७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन

अ+ अ-

 पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ । 

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु. छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु. छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात् १०८ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सकलन उत्साहजनक भएको बताए ।

“कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्त:शुल्क करतफ १३९ प्रतिशत राजस्व संकलन गरेको छ,” उनले भने, “आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व संकलन भएको छ ।”

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु. दुई अर्ब १३ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात् ९९ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ । त्यस्तै अन्त:शुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात् १३८ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ । त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार संकलन गरेको छ । 

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख संकलन गरेको छ । मूल्य अभिवृद्धिकारतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात् ८३ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस