६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । 

छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरे । उनले आफूहरू प्रतिपक्षको भूमिकामा रहे पनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताए । 

नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताए । उनले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताए ।  

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उन्नति हुने विश्वास व्यक्त गरेका थिए । 

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गरिन् । 

शून्य समय

बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोलेका थिए । 

प्रदेश सभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस