५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ : मुख्यमन्त्री सिंह

अ+ अ-

धनुषाधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको भूमिलाई हिरा उत्पादन गर्ने थलोको संज्ञा दिँदै ती हिरा पहिचान गर्न अझै बाँकी रहेको बताएका छन् । 

अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेसमा अपार सम्भावना भएका प्रतिभाहरू रहेकाले तिनीहरूलाई पहिचान र प्रोत्साहन आवश्यक रहेको बताए ।

मिश्रले हालै तुर्कमेनिस्तानमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपालबाट प्रतिनिधित्व गर्दै कास्य पदक प्राप्त गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उनलाई सम्मान गर्दै भने, “हाम्रो भूमिमा धेरै हिरा छन्, आशिष जस्ता युवाहरू आफैँ अघि आएका छन् । यदि हामीले यस्ता प्रतिभालाई पहिचान गर्न सक्यौँ भने उहाँहरूले राष्ट्र निर्माणमा ठूलो योगदान दिन सक्नुहुन्छ ।”

मुख्यमन्त्री सिंहले संघ, प्रदेश र स्थानीय सरकार मिलेर यस्ता प्रतिभाको खोज, संरक्षण र प्रोत्साहनमा जुट्नुपर्नेमा जोड दिए। कास्य पदक विजेता मिश्रले म्याथ ओलम्पियाडलाई एकेडेमिक ओलम्पिकको रूपमा परिभाषित गर्दै युवालाई पुस्तकको ज्ञानसँगै यस्ता प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुन आग्रह गरे । उनले भने, “जसरी खेलकुदमा मेडल ल्याइन्छ, त्यसरी नै यो प्रतिस्पर्धा पनि ज्ञान र अभ्यासको आधारमा जितिन्छ । यस्ता क्रियाकलापमा सहभागी हुँदा अनुसन्धान र शैक्षिक भविष्यमा ठूलो सहयोग पुग्छ ।”

गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित उक्त ओलम्पियाडमा विश्वभरबाट करिब ३०० विद्यार्थी व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा भाग लिएका थिए । यो अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडमा नेपाली विद्यार्थीहरूको पहिलो सहभागिता थियो । पहिलो पटकमै मिश्रले कास्य पदक प्राप्त गरेका हुन् । 

अब मिश्र आगामी जुलाई ९ देखि २१ तारिखसम्म अष्ट्रेलियामा हुने ६६औँ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा सहभागी हुने तयारीमा छन् ।  

प्रतिक्रिया दिनुहोस