५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न सकेन’ : प्रकाशशरण महत

अ+ अ-

लेखनाथ (कास्की)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा काँग्रेस पछि परेको बताएका छन् । 

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा काँग्रेस पछि परेको बताएका हुन् । 

व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा काँग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा काँग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उनको छ । सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रूपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उनको छ । 

“काँग्रेसको नीति र विचार ठिक भएकै कारण अन्य पार्टीहरू पनि लोकतान्त्रिक बाटोमा आएका छन्,” उनले भने, “बिपीको नीतिलाई आत्मसात् गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर काँग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्छ ।” सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले काँग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उनले बताए । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने धारणा उनको छ । राष्ट्र बैंकको गर्भनरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उनले जोड दिए। 

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न काँग्रेस सक्रिय हुनुपर्नेमा जोड दिए । उनले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताए । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राखेका थिए । 

प्रतिक्रिया दिनुहोस