५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गरेका छन् । 

राष्ट्रिय सभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सुदूरपश्चिम धार्मिक पर्यटनको उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, “धार्मिक पर्यटनका लागि सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । प्रदेशका नौ वटै जिल्लाका पवित्र तीर्थस्थल, मालिका, खप्तड, त्रिपुरासुन्दरी, शैलेश्वरीलगायत सुदूरपश्चिम धार्मिक पर्यटनका लागि उपयुक्त छन् । ती क्षेत्रमा पर्यटन प्रवर्द्धनको कुरा गरिए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । खप्तड बडिमालिका क्षेत्रमा पूर्वाधार र वासस्थानको व्यवस्था हुन नसक्दा ती क्षेत्रहरू ओझेलमा परेछन् ।”

सांसद भट्टले रानीजमरा–गुलरिया सिँचाइ आयोजना फेजआउटको अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै करोडौँ लगानी भइसकेको उक्त आयोजनामार्फत किसानको खेतीमा पानी पुर्‍याएर कृषि उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले धनगढी–दीपायल द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि माग गरे। साथै उनले कर्णाली नदीको कटानले टीकापुरको पुरानो ऐतिहासिक पार्क जोखिममा रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । 

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले सुदूरपश्चिम धार्मिक र पर्यटन क्षेत्रको विकासको लागि असाध्यै उर्वर भूमि रहेको तथा विकासको प्रचुर सम्भावना रहेको बताइन्। उनले सुदूरपश्चिमलाई पर्यटन विकासको हिसाबले विशेष प्याकेज घोषणा गरी पर्यटकीय पूर्वाधारमा एक पटक कर छुट र दश वर्षसम्म लाभकरमा छुट दिने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरिन् ।

सांसद शाहले सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, सभ्यता र इतिहासको संरक्षण उत्खनन र विकासका लागि विशेष कार्यक्रम घोषणा गर्न माग गरिन् । उनले आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट विनियोजन गर्न तथा विशेष प्रदेशको रूपमा घोषणा गरी आर्थिक विकासका लागि नीतिगत र स्रोतको व्यवस्था गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस