काठमाडौँ। हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनको साथबाट आइफोन १४ प्रो एक थान र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकको ३० थान चेकसमेत बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिएका बस्नेतविरुद्ध थप अनुसन्धान भइरहेको जनाइएको छ ।