३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

अ+ अ-

तेहरान । इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, “यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ ।” उनले थपे, “पप गायक तातालुका वकिलले पुन सुनुवाइ र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन्र यो हाल पुनरावलोकनको क्रममा छ ।”

“यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,” जहाँगीरले भने, “उचित समयमा निर्णय घोषणा गरिनेछ।” जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरे पनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए । 

इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । उनले अहिले उक्त सजाय भुक्तानी गरिरहेका छन् । 

तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो । सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए ।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस